239
			
		
		
			
            
				            
			
			        
    पोखरा । स्याङ्जामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई महिला र छ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ४३ पुगेको छ । जसमा एक हजार ३ सय ५२ जना उपचारपछि निको भैसकेका छन् ।

			        

												
														

