थप २४६ जनामा कोरोना पुष्टि, २४ घन्टामा ८ हजार ८६१ को पिसिआर परिक्षण

काठमाडौं । नेपालमा थप २४६ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २४६ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २० जार ८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १११ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १४ हजार ६०३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७१.८ रहेको प्रवक्ता गौतमले बताएका छन्त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार ८६१ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ३ लाख ९१ हजार २७० नमुनाको पिसिआर परिक्षण भएको छ ।त्यस्तै अहिले देशभरमा १० हजार ९३४ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ६७२ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ५ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा र भोजपुर रहेका छन् ।नेपालमा अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ ।पछिल्लो मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी महिलाको कोरोनाबाट मृत्यु भएको । शुक्रबार पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 
 
  
 

You may also like