आजको मौसम : चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

by समतल अनलाइन
Shares

काठमाडौं । आईतबार (आज) देशका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालको तराई भू-भाग नजिकै रहेको वर्षा गराउने प्रणाली (न्यून चापीय रेखा) भने अहिले हटेको छ। तर, मनसुनी वायुको प्रभाव कायमै रहेको कारण वर्षा भने नरोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति साथै प्रदेश १ र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका बाँकी स्थानमा सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैबीच ती स्थानहरू आसपास भएर बहने साना तथा ठूला नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले भनेको छ ।

Share this:

You may also like