स्याङजाको वालिङमा जीप दुर्घटना ,सहचालको मृत्यु ५ घाइते

by समतल अनलाइन
Shares

गोपिकृष्ण रेग्मी
स्याङजा। स्याङजाको वालिङ नगरपालिका वडा नं.१२ लालुपातेमा साँझ करिब ६ः३० बजे जीप दुर्घटना हुदा सह चालक वर्ष १४ का सुदिप गरुङको घटना स्थलमै ज्यान गएको छ । बायाँटारी बाट सिर्सेकोट मैदानको लागि छुटेको जीप करिब १ सय मिटर तल खसेको वडा प्रहरी कार्यलय वालिङले जनाएको छ ।
वलिङ नगरपालिका वडा नं.१२ बस्ने वर्ष ३० की तिलकुमारी गुरुङ,६५ वर्षकी तिल कुमारी थापा वर्ष २८ प्रमिला गुरुङ वर्ष ३३ ममता गुरुङ र वर्ष ४५ मनमाया गुरुङ घाइते भएका छन । घाइते मध्ये तिल कुमारी गुरुङ र तिल कुमारी थापालाई गहा्रै स्वास्थ्य केन्द्र वालिङमा प्राथामिक उपचार पछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।
वर्ष २८ प्रमिला गुरुङ वर्ष ३३ ममता गुरुङ र वर्ष ४५ मनमाया गुरुङको सामान्य अवस्थामा वालिङमा उपचार भइरहेको र चालक लिल बहादुर गुरुङलाइ प्रहरी नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यलय वालिङले बताएको छ ।

You may also like

This will close in 0 seconds