130
महेन्द्रनगर । दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताए ।प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ । भारतले लामो समयदेखि महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगे शारदा ब्यारेज (बनवासा पुल) मा ठूला सवारी साधनलाई रोक लगाउँदै आएको थियो ।
बन्दाबन्दीका कारण भारतबाट समिति समयमा नेपाली सो नाकाबाट फर्किने गरेको भए पनि सवारी साधन भने पूर्णरुपमा बन्द छन् । वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रहसमेत गरिएको छ ।
previous post