बुटवल । सामाजिक कार्यमा अग्रसर लायन क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलले सयुक्त रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ । बुटवल वडा नं ११ प्रगति नगरमा रहेको प्रगति मा.वि को प्राङ्गणमा करीब ५० वटा विरुवाहरु रोपेको लियो क्लबका सचिव विशाल पाण्डेले जानकारी दिनुभएको छ ।
कार्यक्रममा डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कुवर, प्रगति मा.वि प्रध्यानध्यापक शिवकुमारी अर्याल, लायन एरीया कोषाध्यक्ष कृष्ण पौडेल, लियो डिस्ट्रिक्ट क्लब ट्यूनिङ एंव एक्सटेन्सन रिभाइब पर्शन सौरभ भुषाल, लियो क्लब बुटवल सेन्ट्रलका सस्थापक अध्यक्ष लक्षमण पन्थी, लायन पुर्व अध्यक्ष लक्ष्मण पोखरेल, लियो निबर्तमान अध्यक्ष बुद्धि क“ुवर लगाएतको उपस्थिति रहेको थियो ।
आज सम्पन्न कार्यक्रमको अध्यक्षता संयुक्त लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष निरज के.सी र लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष चिरन अर्यालले संयुक्त रुपमा गर्नें भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य लायन्स क्लबका प्रथम उपाध्यक्ष जे.डि वार्सी ले दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कु“वरले बृक्षारोपणले पार्ने रामा्र प्रभावको विषयमा बोल्दै यस्ता कार्यक्रमहरुको निरन्तरता दिनु पर्ने बताउदै उक्त कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा लियो संस्थापक लक्ष्मण पन्थी, लियो ट्यूनिङ पर्शन सैरभ भुषाल, लायन्स एरीया कोषाध्यक्ष कृष्ण पौडेल, प्रगति मा.वि प्रध्यानध्यापक शिव कुमारी अर्याल लगाएतले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम लायन्स क्लबका सचिव सागर मणी पोखरेलको संचालनमा भएको थियो भने । साथै कार्यक्रमको सुरुवात भएको घोषणा लायन्स का अध्यक्ष निरज के.सी ले गर्नु भएको थियो
लियो क्लबका अध्यक्ष चिरन अर्यालले विद्यालको परिसरमा बृक्षारोपण गरी वातावरणलाई हरभरा, सफा , सुदर होस भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरीएको बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
लायन÷लियो बुटवल सेन्ट्रल द्धारा बृक्षारोपण कार्यक्रम
			228
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
