पर्सामा पाँच थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण

by समतल अनलाइन
Shares

अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न आग्रह
पर्सा। पर्सामा पाँच जना थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण फेला परेको छ ।अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी पाँच थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले जानकारी दिएको छ । संक्रमित थुनुवाहरुमध्ये ४ जना भारतीय नागरिक हुन् । उनीहरु तीन जना बिहारका र एक जना उत्तर प्रदेशका हुन् ।

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डक कोभिड अस्पतालका को–अर्डिनेटर डाक्टर उदय नारायण सिंहले बताएका छन् । अन्य संक्रमितहरुमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका र केहीले आफैंले शंका लागेर जाँच गराएको उनले बताए ।

नारायणी अस्पतालको पीसीआर ल्याबको तथ्यांकअनुसार साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका नारायणी अस्पतालका स्वीपरको २३ वर्षीय छोरामा कोरोना देखिएको छ । यसअघि उनका दुई जना छोरीमा पनि कोरोना देखिएको थियो ।

उनकै कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३५ वर्षीय अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

साउन १ गते कोरोना संक्रमण पुष्टि भएकी वीरगञ्ज–१४ श्रीपुरकी १८ वर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–२९ की २५ वर्षीया किशोरी, वीरगञ्ज–१३ की ४८ वर्षीया महिला र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन १ गते नै कोरोना संक्रमण पुष्टि भएकी २२ वर्षीया महिलाको कन्ट्याक्ट ट्रेसिङमा परेका छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अन्य संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २२ वर्षीया पुरुष, वीरगञ्ज– १० बस्ने ६०, ३५, २९ वर्षीया महिला, १४ वर्षीय किशोर, वीरगञ्ज– ९ घण्टाघर बस्ने २५ वर्षीय पुरुष, र वीरगञ्ज–१३ बस्ने ९ महिनाको बालकमा कोरोना संक्रमण देखिएको छ ।

आफैंलाई शंका लागेर पैसा तिरेर पीसीआर परीक्षण गराएका बहुदरामाई नगरपालिका– ५ भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका– ३ सबैठवाका ५० र २७ वर्षीय पुरुष, वीरगञ्ज–१० बजरंग टोल बस्ने २९ वर्षीय पुरुष, वीरगञ्ज– १२ मुर्ली बस्ने १६ वर्षका दुई पुरुष र ३८ वर्षीया महिला, वीरगञ्ज–२० का ३२ वर्षीय पुरुष, वीरगञ्ज–२ छपकैया बस्ने ३० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ ।

संघका सचिव डा। उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् । कोरोना संक्रमित भेटिएका कारण एडभान्स अस्पताल पूर्णरुपमा बन्द भइसकेको छ ।

 

You may also like

This will close in 0 seconds