युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ, आफूलाई मन नपराएपछि एसिड हानेको बयान

by समतल अनलाइन
Shares

काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका–४ सिर्जनशील टोलमा एक युवतीमाथि तेजाब हान्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब ९एसिड० हानेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको दुई घण्टाभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको झोंकमा एसिड छ्यापेको उनीहरूले प्रहरीलाई बयान दिएका छन् ।

एसिड हान्नुअघि मुन्नाले युवतीलाई ३७ पटक मिसकल गरेको समेत पाइएको प्रहरीले जानकारी दिएको छ । बिहीबार राति पौने ९ बजेतिर दही किन्न निस्केकी युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए । तेजाब मुन्नाले छ्यापेका थिए ।मोहमदले मुन्नालाई युवतीको घर नजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए ।

ट्वाइलेट सफा गर्ने एसिड छ्यापेको पाइएको एसएसपी थापाले जानकारी दिएका छन् ।पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । उनी हायात होटलको अकाउन्ट शाखामा कार्यरत कर्मचारी हुन् । युवतीले उनीहरुसँग चिनजान भए पनि आफूले दाजुको रुपमा हेर्ने गरेको बताएकी छिन् ।

प्रहरीका अनुसार उनको गाला र टाउकोमा एसिड लागेको छ । उनको अवस्था सामान्य नै छ । पीडितले एसिड छ्याप्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन् ।

घटना लगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई पक्राउन गर्न प्रहरी सफल भएको हो । उनीहरूविरुद्ध अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए । एसिड छर्किने व्यक्तिको हातमा समेत एसिडले भेटेको छ । पक्राउ परेका मुन्नाले मालिकको योजना अनुसार आफूले एसिड छर्किएको र एसिड हान्दा आफूलाई पनि लागेकाले पीडा भइरहेको बताएका छन् ।

You may also like

This will close in 0 seconds