आज भोलि पश्चिममा भन्दा पूर्वका बढी बर्षा, पर्सीदेखि फेरि ठूलो पानी पर्ने सम्भावना

by समतल अनलाइन
Shares

काठमाडौं । अहिले नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशका धेरैजसो स्थानमा बर्षा भइरहेको छ ।देशभर मनसुनी वायुको प्रभाव रहेको पनि आज र भोलि हिजो–अस्तीको केहि कम पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन् ।

तर पर्सीदेखि भने फेरि पानी पर्ने क्रम बढ्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिममा केही पर र पूर्वमा नजिक रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा अलि धेरै पानी पर्नेछ ।

आज देशभरीकै मौसम सामान्य बदली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र प्रदेश–१, २, ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।

यस्तै राति देशभरीकै मौसम सामान्य बदली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको र प्रदेश १, ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ ।

पानी पर्ने भएकाले साना ठूला नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै नदी किनारमा नजान तथा लगातार पानी पर्दा जमिन गलेकाले पहिरोको जोखिम रहेकाले हिंडडुल गर्दा ख्याल गर्न उहाँले आग्रह गरेका छन् । अहिले नारायणी नदीमा पानीको सतहले चेतावनी तह पार गरेकाले आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध छ ।

You may also like

This will close in 0 seconds