बलात्कार आरोपी सशस्त्रका एसएसपीलाई सात दिन म्याद थप

Shares

पोखरा। युवती बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारीलाई जिल्ला प्रहरी कार्यालयले दोस्रो पटक म्याद थप गरेको छ ।बलात्कार गरेको आरोपमा ३१ असारमा पक्राउ परेका उनलाई प्रहरीले बुधबार पुनः सात दिन म्याद थप गरेको हो । उनी सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुख हुन् ।

यस अघि अधिकारीलाई अनुसन्धानका लागि भन्दै प्रहरीले १ साउनमा सात दिन र बुधबार सात दिन म्याद थप गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने उनले बताए । अनुसन्धानका लागि प्रहरीले २५ दिनको समय पाउने भएकाले त्यसपछि के गर्ने भन्ने पछि नै थाहा हुने उनको भनाइ छ ।

चितवनकी करिब २७ वर्षकी युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा ३१ असार दिउँसो करिब ३ बजे फोनमार्फत जानकारी गराएकी थिइन् ।

त्यसपछि प्रहरीले पीडित युवतीसँग सम्पर्क गरी घटनाबारे थप जानकारी लिएको थियो । साथै, घटनाको प्रकृति, घटनास्थलको अवलोकन र सामान्य अनुसन्धानपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको थियो ।

अधिकारीले ती युवतीलाई ३१ असारमा बिहान खाना खान बोलाएका थिए । खाना खाने निम्तो मान्न लामपाटनस्थित अधिकारी बस्ने कार्यालयको क्वार्टरमा बिहान ९ः३० बजेतिर उनी गएकी थिइन् ।

उनले शिक्षालय परिसरबाटै दिउँसो ३ बजेतिर आफू बलात्कार भएको मौखिक उजुरीपछि प्रहरीले अधिकारीको क्वार्टरबाटै गएर ती महिलालाई उद्धार गरेको थियो । केही समयपछि कास्कीका प्रहरी प्रमुख जीवनकुुमार श्रेष्ठसहित गएको प्रहरी टोलीले अधिकारीलाई कार्यालयबाटै पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

बलात्कार
ँबअभदययपत्धष्ततभचएष्लतभचभकतीष्लपभमक्ष्लःभककभलनभचध्जबतकब्उउ

You may also like