विद्युतको पोलसहित पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ ।

दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।

You may also like

skip


This will close in 5 seconds