बुटवल – तानसेन सडक खण्ड पुन: अवरुद्ध

by समतल अनलाइन
Shares

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन खण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ ।

शुक्रवार देखी अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझ ५ बजेबाट सुचारु भएको थियो। तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा अवरुद्ध भएको सडक आज साँझबाट सुचारु भएकोमा आईतबार राती ८ः१५ बजे सोही स्थानमा पहिरो खस्दा सडक पुनः पूर्ण रूपमा अवरूद्द भएको छ ।

दुई दिन लगाएर सुचारु गराईएका सडकमा आइतबार पुनः पहिरो खसी सडक पूर्णरूपमा अवरूद्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । रातीको समयमा सडक खुलाउन असम्भव भएकाले सोमबार बिहानबाट खुलाउने प्रयास गरिने उनले बताए । सडक खलेको खबर सुनेर गन्तब्य तय गरेका सवारी साधनहरु सडक मै अलपत्र परेका छन् ।

You may also like

This will close in 0 seconds