208
			
		
		
			
            
				            
			
			        
    बुटवल।संचारकर्मी झरना थापाले अनाथ आश्रममा आफ्नो जन्म दिन मनाएकी छिन ।तिनाउ एफएममा कार्यरत रहेकी घर्तिमगरले बुटवल नगरपालिका उजलापुरमा रहेको लुम्बिनी दृस्टी विहिन अपाङ्ग आश्रममा  जन्म दिन मनाएकी हुन् ।
पछिल्लो समयमा साथिभाईलाई जमघट गराएर जन्मदिन मनाउने चलन छ उक्त चलनलाई परिमार्जित गरि समाजमा रहेका गरिव , अपाङ्ग , दृस्टी विहिन अशक्तलाई सहयोग गर्दा छुट्टै खालको आनन्द आउने उनले बताइन । आगामी दिनमा पनि अझै सामाजिक कामामा अग्रसर रही समाज र देशको लागि सधै सेवामा लाग्ने बताइन ।
जन्म दिनको अवसरमा लुम्बिनी दृस्टी विहिन अपाङ्ग आश्रममा रहेका करिव ३० जना संग केक काटेर जन्म दिन मनाउनुका साथै १०० केजी चामल , एक कार्टुन तेल , ७ केजी दाल आदि सहयोग गरेकी हुन् ।
			        

												
														

