गुल्मी मुसिकोटमा सलह ठूलो समूहमा,मकैमा बढी क्षति,स्थानीय चिन्तित

Shares

हरि पाठक
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा सलहले खेतीपातीमा क्षति पुर्‍याएको छ ।नगरपालिकाको वडा नं.१मा असार ३० गते मङ्गगलबार समूहमा भित्रिएको सलहले किसानहरूको खेतबारीमा रहेको मुख्यगरी मकै खेतीलाई सखाप नै पारिदिएको वडा सदस्य गंगा श्रेष्ठले जानकारी दिनुभयो ।महिला वडा सदस्य श्रेष्ठकाअनुसार वडा नं१को नेटा थामडाँडा,चैनडाँडा ,ढाँण र पौंदिअमराईमा असार ३० गते एक्कासी ठूलो समूहमा आएको सलह किराको झुण्डले मकैबाली त्यस क्षेत्रका अधिकांश ठाउँका खेतबारीका मकैमा क्षति पुर्‍याएको बताउनुभयो । खेतीपाती अब भित्रौला भन्ने दिन गनेर बसेका त्यस आसपासका किसानहरू ठूलो समूहको सलहले नष्ट गरिदिदा यतिबेला खाद्यान्न नै अभाब हुन सक्ने भन्दै स्थानीयहरू चिन्तित बनेका छन् ।

पहिले असारको दोस्रो हप्तामा पनि सलह मुसिकोटमा भित्रिए पनि त्ययो समूहको झुण्ड माथिमाथि उडेको र खेतबारीमा खासै बस्न नसकेको तर यसपटक भने क्षति नै पुर्‍याउने गरि खेतीमै पसेको स्थानीयले बताए ।असार १३ गते पहिलो पटक रूपन्देहीमा देखिएको सलह प्युठान,दाङ,अर्घाखाँचीका क्षेत्रमा पुगेर बढी क्षति पुर्‍याएको थियो भने गुल्मीका बाह्र स्थानीय तहमध्ये मुसिकोटका क्षेत्रमा पनि खासै क्षति गरेको थिएन ।तर केही दिन हरायो भनिएको सलह असारको अन्तिम सातामा ठूलो समूहमा भित्रिएपछि क्षति पुर्‍याएको हो ।

यो फटयांग्रो जातको सलह किरा निकै अनिकाल ल्याउने भएकाले सतर्क रहन बिज्ञसमूहले आग्रह गरेका थिए त्यस्तै नेपालमा नभित्रने र भित्रिहालेमा पनि यस्को मौसम अनुकुल नमिल्ने भएकाले खासै क्षति नगर्ने कृषि बिज्ञहरूले बताएका थिए तर यस्ले अनुमान गरेअनुसार क्षति नपुर्‍याए पनि केही ठाउँमा भने बढी नै क्षति पुर्‍याएको छ । किसानहरूले खेतबारी छेउछाउमा आगो बाल्ने,ड्रम,मादल बाजा साउण्डबक्स९ स्पिकर ० लगायत सामाग्री बजाउने र धपाउने काम गरिरहेका छन् तर मकै वा अन्य घासपातमा बसेपछि सखापै पारेर छोडेको स्थानीय बताए ।प्रदेश पाँच सरकारले सलह छोपेर स्थानीयतह अन्तर्गत सम्बन्धि वडामा बुझाएमा किलोको २० रूपिया दिने घोषणा बाहेक अरू केही हुन सकेको छैन ।

You may also like