बिष्णु घिमिरे
बुटवल। इन्ट्याक्ट युवा क्लव सत्यवती हेल्थ सेन्टर लाइनका युवाहरुले प्रतिक्षलय निमार्ण गरेका छन । समाजिक क्षेत्रमा केहि गरौ भन्ने उद्देश्यले निमार्ण भएको यस क्लबले स्थापना गरेकै एक महिनामा भित्रमा प्रतिक्षलय निमार्ण लगायत बिभिन्न महत्वपूर्ण काम गरेको क्लबका सचिव विष्णु भण्डारी जानकारी दिए ।
बिस पच्चिस जना युवा युवतिहरु मिलेर निमार्ण गरेको क्लवले युवाहरुको सानो सहयोगवाट पनि केहि परिवर्तन होस भन्ने उद्देश्यले गठन गरिएको बताए ।
क्लबको सहयोगमा वासका काठँहरु कुदिएर प्रतिक्षलय निमार्ण गरिएको बताए । टाढा टाढा वाट हिडदै आउने मानिस र भारि बोकेर आउने किसानको निम्ती केहि मात्रमा राहत होस भन्ने उद्देश्यले यसको निमार्ण गरिएको बताए ।
क्लबले एक महिनाको अवधिमा धारा निर्माण ,प्रतिक्षलय लय निर्माण , हेल्थ सेन्टर लाइन मा बिजुली को पोल मा बत्ती बाल्ने काम, हन्सरा जाने बाटोमा आएको पहिरो हटाउने खाने पानीको व्याबस्थापन लगायतका कामहरु गरेको बताए ।
आगामी दिनमा क्लबले यस्ता सामाजिक कामहरलाई निरन्तर अगाडी वढाउदै लैजाने बताए ।




