149
काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २०४ जनामा संक्रमण देखिएको हो । आज थपिएका १८० सहित नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।