बुटवल । बुटवलको तिनाउ ईन्टरनेशलन हस्पिटलले लेजर प्रविधिबाट पत्थरीको शल्यक्रिया प्रविधि भित्र्याएपछि यो प्रविधिको प्रयोग गरेर पत्थरी शल्यक्रिया पनि बढेको अस्पतालले जनाएको छ ।
बिशेष गरेर किड्नी, पिसाव नली तथा पिसाव थैलीमा भएको पत्थरी निकाल्नकालागि यो प्रविधि बढी प्रयोग भएको अस्पतालका सर्जन डा. सञ्जय कुमारले बताउनु भयो । अस्पताले उक्त प्रविधिका माध्यमबाट गत पुस देखि शल्यक्रिया सुरु गरेको थियो । हालसम्म करिव ५० जनाको उक्त प्रविधिबाट सफल शल्यक्रिया गरिएको उहाँले जानकारी गराउनु भयो ।
रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी (आरआईआरएस) लेटेस्ट प्रविधि हो । यो प्रविधिबाट बिना अप्रेसन पिसावनलीबाट मसिनो पाईप घुसाएर किड्नी, पिसाव नली तथा पिसाव थैलीमा भएको पत्थरी निकाल्ने गरिन्छ । यो प्रविधिको प्रयोग गर्दा बिरामीलाई अप्रसन गर्नु नपर्ने भएकाले एक दुई दिन भित्रै डिस्चार्ज हुने र तत्कालै काममा जान सक्ने भएकाले सजिलो पनि छ । त्यस्तै धेरै औषधी पनि सेवन गर्नु नपर्ने भएकाले खर्चिलो पनि त्यति धेरै नहुने डा. सञ्जय बताउनु हुन्छ ।
अस्पताल सञ्चालनमा आएको छोटो समयमै बिशिष्ट खालका सेवा दिन सुरु गरिएको र स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन तथा सामान्य उपचारकालागि काठमाण्डौ वा बिदेशमा जान नपर्ने गरी सेवा प्रवाहलाई जोड दिईएको तिनाउ ईन्टरनेशनल अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशी बताउनु हुन्छ ।
अस्पतालले कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण सरकाले गरेको लकडाउनको समयमा पनि कुनैदिन सेवा नरोकी सहज उपचार गर्दै आएको अध्यक्ष जोशीले बताउनु भयो ।
अस्पतालमा योग्य र अनुभव प्राप्त डाक्टर तथा स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेको बताउँदै अर्का सर्जन प्रविण जोशीले क्यान्सरका बिरामीलाई समेत लक्षित गरेर सेवा बिस्तारमा जोड दिईएको बताउनु भयो । तिनाउ अस्पतालमा बिरामीको उपचारमा एकल भन्दापनि सामुहिक काम गर्ने प्रणाली बिकास गरिएको बताउँदै डा. सञ्जयले सामुहिक काम गर्ने पद्धतीले समस्याको समाधान सहज हुने तथा डाक्टर तथा स्वास्थ्यकर्मीको अनुभव समेत आदान प्रदान हुने भएकाले पनि यसले बिरामीको उपचार सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
तिनाउ ईन्टरनेशनल हस्पिटलले हाडजोर्नी सम्वन्धी विशेषज्ञ सेवा दिदै आएको छ । यस क्षेत्रकै अनुभवी चिकित्सकहरु रहेको र उनीहरुले स्थायी रुपमा सेवा प्रदान गरेकाले हार्डजोर्नीका विरामीका लागि सहज भएको अध्यक्ष जोशीले बताउनु भयो ।
बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
			239
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
