सपनाको त्याग

Shares
  • बिमल कुमार थापा

त्यो उज्यालोमा पनि उसलाई अंध्यारो आभास भइरहेको थियो,,
साथीहरु संग हुँदा पनि यक्लो महसुस भइरहेको थियो!!
त्यो गहिरो पीडा
त्यो सपना
त्यो मुटुनै कमाउने यथार्थसँग उ डराइरहेको थियो!!!
आफ्ना सँगको बिछोडमा पल पल मरिरहेको थियो!

बन्द कोठामा आफूलाई यक्लो पारी केही त सोचिरहेको थियो,
अन्जान बोजहरुका ती काँडे हातहरुले उसको आत्मबल लाई निचोडिरहेको थियो!

कुनै परीचितलाई खोजी,, कै भन्न चाहिरहेको थियो,,
केही मस्तिपूर्ण पलहरु लाई खुसीसाथ जिउन चाहिरहेको थियो!
सायद
जिम्मेवारी को बोझ ले उसलाई सताइरहेको थियो,
या आशाहरू को भारले उसको ईच्छा हरुलाई दबाइरहेको थियो।
या समाजको आशा हरु त्यो बिन्दुमा पुगेको थियो,
जसले उसको जीवनको ढोका बस्तारै बन्द गर्दिदै थियो।

बाँच्ने बहानामा
कहिले फूल झैँ कोमल बनिदियो!
कहिले तीखो काँढा बनेर
बिझायो पनि होला!

ज-जसलाई जे हुनु थियो – त्यही भइदियो,,
तर हुनैपर्ने चाहिँ केही भैदिएन।

हो –
अगेनाको धुवाँले ध्वाँसो लागेको
आमाको मुहारमा
जूनको ज्योती चोरेर चम्काउन सकेन,,
बाबाको पिठ्युँमा झुन्डिएको कर्तव्यको भारी
खोसेर बोक्न सकेन ।

सधैं-सङ्गै बाँच्न चाएको उसले
मायागर्ने प्यारीको याद-पत्रमा ल्याप्चे ठोक्न सकेन।

आफ्नै हबिगत यस्तो देखेको उसले
बिस्तारा छेउमा राखिएको साइड टेबुलमाथी
छोडेर हिड्यो – एकथान `सुसाइड´ नोट ।

जीवन जिउने ईच्छा समाप्त भयो,,
आफ्नै शरीरलाई झुण्डाएर,,
शरीर दुनियाँबाट गायब भइदियो,,,
जुन ज्यानमा ज्यान बाकी थियो
जुन ज्यानमा आशाको किरण बाँकी थियो
प्रगतिको उडान बाँकी थियो
सपनाको बगैंचा बाँकी थियो
उसको गल्ती त्यति नै थियो-
न पुग्न सक्यो जिन्दगीको गन्तव्य
न भेटाउन सक्यो आशाको बाटो

संसारलाई अलविदा गरी,,
छोडेर गयो आमाबाबुलाई एक पीडाले भरिएको गोरेटोमा

क्रमशः

You may also like

This will close in 0 seconds