बुटवल ।निजि विद्यालयमा कर्यरत शिक्षक तथा कर्मचारी ले बुटवलमा एक कार्यक्रम गरि निजि विद्यालयका संचालकलाई ध्यानाकर्षण गरेको छ।इस्टु रुपन्देहीको आयोजनामा रुपन्देही भरिका निजि विद्यालयका शिक्षक कर्मचारी को उपस्थितिमा बुटवलको पुष्पलाल पार्कमा कार्यक्रम गरिएको हो।आन्दोलन परिचालन समितिको संयोजक सुदिप श्रेष्ठको अध्यक्षता,प्याब्सन रुपन्देहीको अध्यक्ष लेखनाथ पौडेल ,अभिभावक संघ रुपन्देहीको अध्यक्ष लोकनाथ ज्ञवाली,सस्टुका पुर्व केन्द्रिय सदस्य बिष्णु ढकाल ,केन्द्रिय सदस्य हरि कडेल,इस्टु रुपन्देहीका अध्यक्ष वालकृण्ण पाठक को उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।


कोभिड १९ ले निजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारी अन्तिनै पीडामा रहेको र संबंधित निकायले वेवास्ता गरेको भन्दै सबै कोणसभामा बोल्ने बक्ताले बताए ।प्याब्सन रुपन्देहीले विद्यालयका शिक्षक कर्मचारी हरुलाई विद्यालयले अफ्नै परिवार रहेको र उहाहरुलाई उचित सम्बोधन गर्ने बताए भने अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालिले शिक्षक भनेको देशमा महत्त्वपूर्ण जनशक्ति उत्पदन गर्ने भएकाले सरकार र निजि विद्यालयले भुमिका खेल्नु पर्ने कुरामा जोड दिए।कार्यक्रममा पुर्व केन्द्रिय सदस्य बिष्णु ढकालले सबै मारमा परेको र यो विषम परिस्थितिमा मानवताको हिसाबले सम्बोधन हुनु पर्ने बताए भने कार्यक्रमको संचालन शिक्षक महेश खनालले गरेका थिए।