व्यापार संंघ अन्तर्गत कस्मेटिक बस्तुगत समितिद्वारा आम्दा अस्पताललाई हात धुने मेसिन प्रदान

Shares

बुटवल । रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटिक बस्तुगत समितिले सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल बुटवललाई अटोमेटिक हात धुने मेसिन प्रदान गरेको छ ।अस्पतालको बाल सेवा विभाग ब्लकको गेटमा जडान गरिएको मेसिनको सहि रुपमा प्रयोगमा ल्यादिन अस्पताल प्रशासनसंग आग्रह गरिएको छ । उक्त मेसिन सोमबार एक कार्यक्रमका बिच अध्यक्ष नियामत अली, संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र बस्याल, बालरोग बिशेषज्ञ डा.सन्तोस पोखरेललाई हस्तान्तरण गरेका हुन ।

अस्पतालमा आउने बिरामी, तीनका कुरुवा तथा स्वास्थ्यकर्मीलाई हात धुन सहज बनाउनकालागि हात धुने मेसिन प्रदान गरिएको रुपन्देही व्यापार संघ कस्मेटिक बस्तुगत समितिका अध्यक्ष नियामत अलीले जानकारी दिए ।

सो अवसरमा बोल्दै व्यापार संघका अध्यक्ष यमलाल लोहनीले विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) ले नेपालमा पनि आर्थिक तथा सामाजिक क्षेत्रमा नराम्रो प्रभाव पारेको बताए । उद्योगधन्दा व्यापार व्यबसाय ठप्प भएको समयमा पनि त्यसबाट बच्न र बचाउनकालागि संघको बस्तुगत समितिले अस्पतालमा हात धुने मेसिन प्रदान गरेकामा संघका अध्यक्ष लोहोनीले समितिलाई धन्यवाद ज्ञापन गर्दै सहि सदुपयोग गर्नकालागि अस्पताललाई आग्रह गरेका थिए ।

अस्पतालका चिकित्सक डा.सन्तोष पोखरेलले कोरोनाबाट बच्न र संक्रमण रोक्नका लागि हात धुने कुरा मत्वपूर्ण रहेको हुदा त्यसमा व्यापार संघले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

उनले अस्पताललाई प्राप्त सहयोगको सहि सदुपयोग गर्ने कुरामा प्रशासन गम्भिर बन्ने बताउदै आम्दा सामाजकै सहयोगमा सञ्चालन भएको अस्पताल भएका कारण सबैको हातेमालो जरुरी भएको धारणा राखे ।कस्मेटिक तथा गिफ्ट उपसमितिका संयोजक नियामत अलिको अध्यक्षता, सचिव विनोद सुवेदीको सञ्चालन तथा सरोज ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा संघका सदस्य, उपसमितिका पदाधिकारी, सदस्य तथा अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

You may also like

This will close in 0 seconds