लायन्स मणि उजेसको अध्यक्षमा गुरुङ्ग निर्वाचित

Shares

झविन्द्र देवकोटा
बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेसको वर्ष सन् २०२०/२१ का लागि नयाँ नेतृत्व तथा हस्तान्तरण कार्यक्रम भएको छ । वर्ष २०१९/२० का अध्यक्ष नेहा अग्रवालको समुहले वर्ष २०२०/२१ का नव निर्वाचित अध्यक्ष सोनाली गुरुङ्गको समुहलाई आफ्नो नेतृत्व हस्तान्तरण गरेको हो ।

वर्ष २०/२१ का लागि भएको निर्वाचनले प्रथम उपाध्यक्षमा ईन्जिनियर प्रविना घिमिरे, द्वितीय उपाध्यक्षमा सरस्वती पन्थी भुषाल, सचिवमा डाक्टर शान्ता शर्मा, कोषाध्यक्षमा सृजना श्रेष्ठ, सहचिवमा सन्जु पाठक, सहकोषाध्यक्षमा सन्जिवना आचार्यलाई निर्वाचित छ । यस्तै क्लवले सर्भिस प्रोजेक्ट चियरप्रशनमा रोजीना ज्ञवाली, मेम्बरसीप चियरप्रशनमा प्रिया कसौधन, मार्केटिङ्ग एण्ड कम्युनिकेशन चियरप्रशनमा रितु गुरुङ्गलाई चयन गरेको हो । त्यसैगरी क्लवको डाईरेक्टरमा मनुजा देवकोटा, विनिता भट्टराई, अलिना श्रेष्ठ, सल्मा केसी राई तथा क्लवको एम्बेस्टरमा सुशिला चौधरी र टामेरमा सुपर्ना बरुवाललाई चुनेको छ । क्लवका वर्ष वर्ष २०१९/२० का अध्यक्ष नेहा अग्रवालको अध्यक्षतामा भएको निर्वाचनपछिको नेतृत्व हस्तान्तरण कार्यक्रमममा क्लवका पुर्व अध्यक्ष सृष्टि गुरुङ्गले नयाँ टिमलाई बधाई तथा शुभकामना दिदै महिला ब्यक्तित्व, नेतृत्व विकाससँगै सशक्तिकरण र समाज रुपान्तरणमा क्लवले उदाहरणीय कार्य गर्नेतर्फ अफै अग्रसरता बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेतृत्व हस्तान्तरण गर्दै नव निर्वाचित अध्यक्ष सोनाली गुरुङ्गले वर्ष २०२०/२१ लाई कारोना विरुद्धको सचेतना वर्ष कार्यक्रम गर्ने उल्लेख गर्दै अघिल्लो कार्यसमितिले थालेका कार्यक्रमको निरन्तरतासँगै क्षमता विकास, उत्प्रेणात्मक, सामुदायिक सचेतना लगायतका कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो

You may also like

This will close in 0 seconds