सलह कीरा : सैनामैनामा कृषि विकास निर्देशनालय प्रदेश ५ को अनुगमन

Shares

विष्णु खत्री / टिका खरेल
सैनामैना ।रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा कृषि विकास निर्देशनालय प्रदेश नं ५ ले अनुगमन गरेको छ ।वडा नं ६ को भरतपुर कुटीमा शनिबार दिउँसो सानो सानो झुण्डामा सलह कीरा देखिए सँगै कृषि विकास निर्देशनालय प्रदेश नं ५ का प्रमुख यम नारायण देवकोटाको टोलीले अनुगमन गरेको हो ।

सैनामैना ६ मा सानो सानो झुण्डामा सलह कीरा देखिएको कृषकले जानकारी गराए सँगै निर्देशनालयको टोली सहित अनुगमन गरिएको प्रमुख देवकोटाले जानकारी दिनुभयो ।देवकोटाले भन्नुभयो – ‘रुपन्देहीका अन्य स्थानको तुलनामा यहाँ बढी मात्रामा सलह कीरा देखिएको पायौँ । व्यापक रुपमा नोक्सान भने गरेको छैन् । मकैको बोट, दाल, आप लगायतका बोट विरुवामा झुण्ड भएर बसेको भने पाइयो ।’

यसको रोकथामका लागि आवश्यक बिषादी प्रयोग गरी नष्ट गर्न सकिने बताउँदै यसको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रमुख देवकोटाको भनाई छ । उहाँले सलहले कृषकहरुको बालीनालीमा धेरै क्षति नहोस् भन्ने तर्फ आफूहरु सचेत रहेको समेत बताउनुभयो ।

कृषक युवराज विश्वकर्माका अनुसार शनिवार दिउँसो ३ बजेतिर आएको सलह कीरा आज बिहान सम्म बाक्लो नै थियो । उहाँले भन्नुभयोे – पछि हावा लागेपछि उडेर उत्तर तिर लागे । अहिले केही फाट्टफुट्ट देखिएको छ । खेतमा मकै र धैचा लगाएका विश्वकर्माले सलह प्रशस्त मात्रामा देखिएपछि २ वटा गह्राको खेतमा लगाएको धैचा समेत काटेको बताउनुभयो ।

नगरपालिकाका कृषि अधिकृत सिर्जना खनालले बीउ तथा तरकारी लगायतका बोटबिरूवा सुरक्षित राख्नुहुन र सम्पूर्ण कृषकहरुलाई सचेत रहन अनुरोध गर्नुभयो ।

किरा देखीएमा धुवाँ लगाउने, ध्वनिको प्रयोग, झालिको प्रयोग आदि तरिकाले यस कीरालाई बालिनालीमा बास बस्न बाट रोकथाम गर्न र आत्तिनुभन्दा धैर्यपूर्वक रहन नगरपालिकाले अनुरोध गरेको छ ।

अनुगमन टोलीमा कृषि महाशाखा प्रमुख श्रीधर ज्ञवाली, बरिष्ठ बाली संरक्षक अधिकृत कामना अधिकारी, वाग्वानी विकास अधिकृत सुनैना बराली र सैनामैना नगरपालिका कृषि शाखा प्रमुख सिर्जना खनाल सुबेदी लगायत हुनुहुन्थ्यो ।

You may also like

This will close in 0 seconds