सियारी गाउंपालिकाको वजेट ५१ करोड

Shares

बुटवल । रुपन्देहीको सियारी गाउंपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि करिब ५१ करोड रुपैयांको वजेट ल्याएको छ । कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर ५० करोड ९५ लाख ६२ हजार रुपैयांको वजेट आएको हो ।गाउंपालिका उपाध्यक्ष अमृता गुरुङले सातौं गाउंसभामा बुधबार वजेट प्रस्तुत गर्दै कूल वजेटमध्ये चालु तर्फ ३० करोड ११ लाख र पुंजीगततर्फ २० करोड ८४ लाख रुपैयां विनियोजन गरेको जानकारी गराइन् ।

कृषि तथा पशु सेवातर्फका कार्यक्रममा २ करोड ४३ लाख, न गरिएको जानकारी गराइन् । वजेटमा आम्दानीका स्रोतहरुतर्फ आन्तरिक राजस्व ६ करोड, संघीय सरकार वित्तीय समानीकरण अनुदान १२ करोड ६२ लाख, संघीय सरकारबाट सशर्त अनुदान २० करोड ४० लाख, संघीय सरकारबाट राजस्व बांंडफांटबाट ७ करोड ९२ लाख र संघीय सरकारबाट विशेष अनुदान १ करोड आम्दानी हुने उल्लेख छ ।

यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५४ लाख ६२ हजार, प्रदेश सरकार राजस्व बांडफांट ३७ लाख ५७ हजार, प्रदेश सरकार विशेष अनुदान ६० लाख हुने वजेटमा उल्लेख छ । कृषिउपज संकलन तथा भण्डारण गृह तथा दुग्ध प्रशोधन उद्योग साझेदारीमा निर्माणका लागि रु. ५०–५० लाखका दरले १ करोड विनियोजन भएको छ । स्वास्थ्यतर्फ गाउँपालिकाबाट ६६ लाख ८८ हजार र संघीय सरकारबाट २ करोड ३२ लाख विनियोजन गरिएको छ ।

घरदैलो ज्येष्ठ नागरिक उपचार कार्यक्रमका लागि ४ लाख र सुत्केरी महिला भेट कार्यक्रमका लागि १ लाख ५० हजार विनियोजन भएको छ । शिक्षातर्फ गाउँपालिकाबाट १ करोड ५६ लाख विनियोजन गरिएको छ । कोभिड–१९ को मनोवैज्ञानिक असरलाई न्युनिकरण गर्दै सुरक्षा उपाय सहित विद्यालय सञ्चालनका लागि ५ लाख ९४ हजार विनियोजन गरिएको छ ।

युवा खेलकुद कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ । महिला, बालबालिका तथा लक्षित वर्ग अन्र्तगत जम्मा रु. ८० लाख विनियोजन गरिएको छ । वजेटमा अपाङ्गता भएका व्यक्तिका लागि सबै वडामा आयमूलक कार्यक्रम सञ्चालनका लागि ७ लाख,ढाका उद्योग सञ्चालनका लागि ७ लाख र अति विपन्न तथा कोभिड–१९ प्रभावितका लागि सिप तथा आयमुलक तालिम तथा व्यवसाय संचालन सहायताका लागि ४९ लाख विनियोजन गरिएको छ ।

कोभिड १९ को महामारीको विद्यमान परिस्थिति, न्युन आयस्रोत र नगरवासीको उच्च आकांक्षालाई मध्यनजर गरी महामारीले नकरात्मक प्रभाव पारेका सामाजिक र आर्थिक क्षेत्रको पुनर्उत्थान गरी समृद्धिको यात्रालाई जारी राख्न यो बजेट सार्थक हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले विश्वास व्यक्त गर्नुभएको छ ।

Share this:

You may also like

This will close in 0 seconds