गण्डकी प्रदेशमा विहानै थपिए ११ जना नयाँ कोरोना संक्रमित

Shares

पोखरा । गण्डकी प्रदेशमा आज (बिहीबार) विहानै थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहीबार बिहान थपिएका ११ संक्रमित चार जिल्लाका छन् । म्याग्दीका ६, बाग्लुङका दुई, नवलपरासी पूर्वका दुई र स्याङजाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.बिनोदबिन्दु शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ९१ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।

You may also like

This will close in 0 seconds