पहिलोपल्ट पहिरोको पूर्वानुमान प्रविधि

Shares

काठमाडौं। यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो ।जेठ ३० गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा आठ जना स्थानीयले ज्यान गुमाए ।त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा परेको छ ।
सरकार, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा र मौसम पूर्वानुमान महाशाखा मनसुनजन्य विपद्को पूर्वतयारी र पूर्व सूचनामा जुटिरहेको छ तर समस्या कायमै छ ।पहिरोबाट लगातार जनधनको क्षति हुने क्रम रोकिएको छैन । नेपालमा पहिरोको पूर्वानुमानको आधिकारिक पूर्व सूचना प्रणाली नहुँदा जनधनको क्षति सुरुवातमै रोक्न नसकिएको हो ।
तर नेपालमा पहिरोको पूर्व सूचना प्रणाली लागू गर्न नसकिएको भने छैन । त्यसको प्रत्यक्ष उदाहरण हुन् पहिरोविज्ञ षनमुखेशचन्द्र अमात्य ।

नेपालमा सफल परीक्षण भएको पहिरो पूर्वानुमानको सिको हाल इन्डोनेसियाले गर्न खोजिरहेको अमात्य बताउँछन् । तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण व्यवस्थापन विभागमा रहँदा उनले १२ वर्षसम्म पहिरोको अध्ययन र पूर्वानुमान गर्न भ्याए ।

सन् २००७ मा जापानको जाइका संस्थाले नेपालमा पहिरो पूर्वानुमानको नमुना परियोजना ल्यायो र परियोजनाको प्रमुखका रूपमा अमात्यले जिम्मेवारी पाए । चितवनको कविलास गाविसको नौ वडा केन्द्रित परियोजनाले त्यो पहाडी गाउँसँगै नारायणगढ–मुग्लिन सडकमा खस्ने पहिरोको पूर्वानुमान गर्ने लक्ष्य लिएको थियो ।

जापानको अनुभव नेपालको पहाडमा खन्याउँदै सुरु भएको परियोजनाअन्तर्गत प्रविधिजन्य सामग्री र परीक्षणको जिम्मा संस्थाकै थियो । पहिरो जाने प्रकृति थाहा पाउन माटो परीक्षण र वर्षाको मापन गर्नुपर्ने हुन्छ । कविलासको माटो परीक्षण गर्न नेपालमा प्रविधि नहुँदा जापानमा परीक्षण गरेको उनी स्मरण गर्छन् ।

अर्कोतर्फ त्यस्तो खालको माटोमा कति मिलिलिटरको पानी पर्‍यो भने माटो चल्छ र झर्छ भन्ने अर्को पूर्व मूल्याङ्कन भने नेपालमै गरियो । सामान्यतया निरन्तर पानी परेमा पहिरो जान्छ भन्ने मान्यता छ । गोरखापत्र दैनिकबाट

पहिरो

You may also like

This will close in 0 seconds