जब जन्मिएको २० मिनेटमै नाच्न थाल्यो हात्तीको बच्चो

by समतल अनलाइन
222Shares

पछिल्लो समय भारतको एक गर्भवती हात्ती विस्फोटक पर्दाथ भरिएको कटहर खाएर मरेको घटनाले विश्वभर फैलियो ।अमानविय क्रियाकलापको शिकार भएको उक्त गर्भिणी हात्तीको मृत्युमा धेरैले दुख प्रकट गरे । तर अहिले अर्काे हात्ती र त्यसको सानो छावाले सामाजिक सञ्जालमा चर्चा पाएका छन् ।

यस पटक हात्तीले दुख पाएर भन्दा उसको सुन्दरताले मानिसको ध्यान खिचेको हो ।सामाजिक सञ्जालमा चर्चामा रहेको यो हात्ती र उसको सानो छावा निकै भाइरल भएको छ ।छावा जन्मिएको २० मिनेटमै उभिएर हिड्न खोजेको थियो । यहि भिडियोलाई मानिसले अत्यधिक रुचाए । कलिलो खुट्टामा उभिने प्रयाश अनि हिड्न खोजेको दृष्य सामाजिक सञ्जालमा भाइरल बन्यो । धेरैले यसलाई हात्तीको बच्चाले डान्स गर्ने खोजेको बताएका छन् ।

भारतीय वन अधिकारी सुशान्ता नन्दाले शेयर गरेको भिडियोमा उनले लेखेका छन्, हात्तीको यस बच्चाले २० मिनेट अघि मात्र जन्म लिएको हो । र अब हेर्नुहोस् यो कसरी डान्स गर्दै आफ्नो जन्मको खुसि मनाइरहेको छ । अब यहि खुट्टाले यसले लामो यात्रा गर्नुछ ।

Comments

You may also like

This will close in 0 seconds