राेटरि राेट्याकट बुटवल डाउनटाउनद्वारा पब्लिक इमेज प्रतियोगिता

Shares

बुटवल । सामाजिक कार्यहरुमा अग्रसर राेटरि क्लब र रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले पब्लिक इमेज अवार्ड प्रतियोगिता संचालन गर्दैछ । नेपाल भरिका सबै राेट्याकट् क्लब सहभागी हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद १०००० र अवार्ड प्रमाणपत्र र द्वतिय लाई नगद ५००० सहित अवार्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लब का अध्यक्ष मधु भट्टराईले बताए ।

यो कार्यक्रम गर्नाको उद्देश्य बताउदै अध्यक्ष भट्टराई भन्छन मानौ हामी बृहत स्वास्थ सिबिर केहि दिनमा गर्दै छाेे भने आज हामिले मिडिया बाट  बाट समाचार प्रसारण गर्‍यो भने अरु धेरै मानिस लाई उक्त शिविरको  बारेमा थाहा हुन्छ र धेरै समुदाय र मानिसले उक्त कार्यक्रम बाट फाइदा लिन सक्छन् । हो तेसैले हामी सम्पुर्ण राेटरि र राेट्याकट्ले प्रदान गर्ने हरेक सेवा र सुबिधा धेरै भन्दा धेरै समुदाय र मानिसले उपयोग गर्न पाउन भन्न को लागी मिडियाको सहयोग बाट अझै बढी सहयोग गर्ने उद्देश्य रहेको बताए । प्रतियोगिता मा नेपालभरि का राेट्याकट् क्लबहरु मध्य जुन क्लबले बढी सामाजिक काम गरेको छ , उसै क्लब लाई पब्लिक इमेजको मुल्यांकन गरि प्रथम र दृतिय छुट्टाइ पुरस्कार बितरन गरिने क्लबका पुर्ब अध्यक्ष बाबुराम बन्जाडेले बताउनु भयो । राेट्याकट् नेपालको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिताले सबै सबै क्लब लाई अझै बढी समाज सेवा गर्नको लागी प्रेरणा दिने क्लबका पुर्ब अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।

रोटरिका अध्यक्ष तुल्सी घिमिरे ले पब्लिक इमेज मा जोद दिदै रोटरि र राेट्याकट् डाउन टाउन समाज सेवा मा सधै अग्रसर रहेको बताए । उक्त प्रतोयोगिता अन्तिम नतिजा असार 13 गते गरिने क्लब का सचिब सौरभ भुसाल ले जानकारी दिए  ।

You may also like

This will close in 0 seconds