तारा कंडेल
गुल्मी । हिजाेदेखि परेकाे अविरल बर्षाका कारण गुल्मी जिल्लाका विभिन्न स्थानहरुमा पहिरोको त्रास बढेको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिका ०५ अमरअर्वाथाेकमा ४ घरमा क्षति भएको छ भने २ घर पहिराेकाे उच्च जाेखिममा परेका छन् । स्थानीय हरिनारायण शर्मा,कर्णबहादुर राना,अर्जुन पाैड्याल र मानसिङ ढेगाको घरमा सामान्य क्षति भएको छ भने हरिबहादुर सुनार र रबि बिकको घर उच्च जोखिममा रहेको गुल्मी दरबार गाउँपालिका ०५ का वडासदस्य बाबुराम पन्तले जानकारी दिनुभयो। तलबाट जमिन भासिदै गएपछी पहिरोको जोखिम बढेको उहाले बताउनुभयो। जाेखिममा परेका घरपरिवार लाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको वडासदस्य पन्तले बताउनुभयो, बर्षायामकाे बेला गाउँघरमा पानीले केकस्ता असर पारेकाे छ भन्दै जनप्रतिनिधि र समाजसेवीहरुद्वारा निरन्तर निरीक्षण भइरहेको र यस क्रममा अमरअर्वाथाेकका शाखा बाटाहरु पानीको भलले बिगारिदिएकाले अत्यावश्यक काममा बाहेक काेहि पनि नहिँड्न वडा सदस्य बाबुराम पन्तले सबैलाईअनुराेध गर्नुभएको छ।
हिजाेदेखि परेकाे अविरल बर्षाका कारण गुल्मी जिल्लाका विभिन्न स्थानहरुमा पहिरोको त्रास बढेको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिका ०५ अमरअर्वाथाेकमा ४ घर पहिराेकाे उच्च जाेखिममा परेका छन् ।
अविरल बर्षाका कारण ५ घरमा क्षति २ घर उच्च जाेखिममा
103