गुल्मी मुसिकोट १ का ३ घर पहिरोले जोखिममा,सडक अबरुद्ध हुँदा आवतजाबतमा समस्या

by समतल अनलाइन
260Shares

हरि पाठक
गुल्मी।बिहिबार रातिदेखि परेको अबिरल बर्षाका कारण गएको पहिरोले मुसिकोट नगरपालिका वडा नं। १ मा तीन ओटा घर जोखिममा परेका छन्।मुसिकोट १ का अधिकांश धेरै ठाउँमा मोटरबाटोमा पहिरो गएका छन् वडा नं.१ पौदी अमराई गुरूङ्ङचौर स्थित दुर्गा बहहादुर थापाको घरको आगनदेखि तलको भागबाट पहिरो खसेको छ मोटबाटो बिस्तारले गर्दा उहाँको घर र गोठ नजिकैबाट पहिरो गएपछि उच्च जोखिममा परेको हो भने बर्ख्रेझरीकै कारण पौँदी अमराई स्थित दिपक राना र बुद्ध थापाको घर समेत पहिरोले जोखिममा पार्न सक्ने जनाइएको छ।

बिहिबार साझदेखि परिरहेको अबिरल बर्षका कारण खेतबारीमा पहिरो मोटरबाटो अबरुद्ध हुनुका साथै खानेपानीको पाइपमा क्षति पुगेको छत्रभूमि प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी हरि बहादुर थापाले आफ्नो सामाजिक संञ्जाल मार्फत जानकारी गराउनु भएको छ। ती घरमा यस्तै निरन्तर वर्षा भएमा थप क्षति पुग्न सक्ने भएकोले संम्बन्धित पक्षले समयमै ध्यान दिनुपर्ने बताउनुभयो।

पौदी अमराईदेखि नेटादर्लिङ जाने पुरानो सडक भिरबारी भन्ने ठाउँमा पहिलेदेखि नै पहिरो गएको थियो भने चैनडाँडाको कालपोखरा,मैदान हुँदै नेटा दर्लिङ जाने नयाँ सडक अबरूद्ध हुँदा मुसिकोट १ बाट विभिन्न ठाउँ चैनडाँडा वामी,नेटा,दर्लिङ ह्वाग्दी,तम्घास वुटवल लगायत क्षेत्रमा आबतजावत गर्ने अत्यावश्यक सवारी साधन तथा सर्वसाधारण पैदल यात्रीहरूलाई सास्ती भएको छ।निरन्तर बर्षका कारण गुल्मीका धेरै ठाउँमा बाढी पहिरो गई घरहरू उच्च जोखिममा परेका छन्।

You may also like