126
इलाम । इलामको माङसेबुङमा एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत्त भेटिएका छन् ।इलामको माङसेबुङमा गाउँपालिका–६, टोड्केमा २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राई एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको घटनास्थल पुगेका मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।
बिहीबार बिहानै बेपत्ता देवर–भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान घरदेखि केही टाढा रूखको एउटै हाँगामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
previous post