” फुर्के ” टिमद्वारा बृक्षराेपण

Shares

बुटवल । छुवाछूत विरुद्धको नेपाली कथानक चलचित्र फुर्केकाे टिमले नवलपुर जिल्लाकाे मध्यविन्दु जिल्ला अस्पताल परिसरमा अगरवूडकाे बिरुवा राेपिएकाे छ । फुर्केका निर्माता देवेन्द्र खड्का र एम.बि राउत सहितकाे टाेलिले जिल्ला अस्पताल परिसरमा अगरवूड जातकाे बिरुवा राेपेकाे थियाे ।


विशेष गरि अगरवूड जातकाे रुखकाे भित्रि भागबाट निकाल्निने तरल पदार्थबाट सुगन्धित सामाग्री निर्माण गर्न बहुमुल्यमा बिक्री हुने भएकाले जिल्ला अस्पतालमा बृक्षराेपण गरिएकाे निर्माता देवेन्द्र खड्काले जानकारी दिनुभयाे । दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ ।

देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, र आषिस रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् । नबिन पन्तको लेखन, बासु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका चलचित्र छ । साथै निर्माता देवेन्द्र खड्काकी १ बर्षिय छोरी प्रान्सु खड्काको पहिलो जन्मोउत्सवका रहेको थियो ।

वृक्षराेपणकाे समुद्धधाटन गर्दै कावासाेति नगरपालिकाका उप प्रमुख प्रेम शंकर मर्दनियाले समाज रुपान्तरणमा कलाकर्मिले खेलेकाे भुमिका शरानिय रहेकाे भन्दै जिल्ला अस्पताल परिसरमा बहुमुल्य जडिबुटीकाे रुपमा समेत नेपाल सरकारले सुचिकृत गर्न लागेकाे बिरुवा राेपण गर्नु राम्रो कार्य भयकाे भन्दै प्रशंसा समेत गर्नुभएकाे थियाे ।

बृक्षराेपण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, मेडिकल सुपरिटेण्ट, वडा न १६ का वडा अध्यक्ष एकादत्त वस्ति, नवलपुर उघाेग बाणिज्य संघका अध्यक्ष डासुराज पाेखरेल अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सोभित शर्मा, नवलपुर ड्राईभिङ संघका अध्यक्ष प्रविण सापकोटा, गायक मुकेश रसाईली,समाजसेवी किरण भुतेल तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।

You may also like

This will close in 0 seconds