गुल्मी चन्द्रकोट–रुपन्देही मन्चद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

by समतल अनलाइन
Shares

गुल्मी । गुल्मी चन्द्रकोट-रुपन्देहि सम्पर्क मन्च बुटवलले कोभिड-१९ महामारिले अाक्रान्त यो समयमामा गुल्मी को चन्द्रकोट गाउँपालिका , कालीगण्डकी गाउँपालिका तथा सत्यवति गाउँपालिका लाई अार.डि.टी किट, भि.टि.एम , पि.पि.ई तथा विभिन्न स्वास्थ सामाग्री हस्तान्तरण गरेकोछ। गुल्मी चन्द्रकोट स्थाई घरभई कामको विभिन्न सिल्सिलामा रुपन्देहीमा वसोवास गर्ने चन्द्रकोटेहरुको मंच्च ले समय समयमा विभिन्न सामाजिक काम गरिरहेको हुन्छ यस्तै सन्दर्भमा हालको यो महामारी अवस्थालाई ध्यानमा राखी कोभिड- १९ को प्रभावलाइ केही हद सम्म भएपनि सहज गर्ने हेतुले यो कार्य गरेको मंन्चको भनाईछ।

मंन्चले कालिगण्डकी गाउँपालिका कोलागि ३०० थान RDT कीट, ३ सेट PPE तथा केही थान मास्क वितरण गरेको हो त्यतै सत्यवति गाउँपालिका को लागि ३०० थान RDT कीट, १५ सेट PPE , VTM ५० थान तथा केही थान मास्क वितरण गरियको छ चन्द्रकोट गाउँ पालिकामा ४०० थान RDT कीट , ८ सेट PPE , केही थान मास्क वितरण गरेको हो। स्वास्थ सामाग्री हस्तान्तरण गर्दै मंन्चका अध्यक्ष देव गरुङ्ले सामाजिक सद्भाव, सहकार्य,अाजको अावस्यकता रहेको वताउनुभयो यस्तो माहामारिको वेला सबै अाअाफ्नो स्थानबाट सहयोगमा जुट्न तथा सुरक्षीत रहन सबैमा अपिल गर्नु भयो । कार्यक्रमा वोल्दै मन्चका सचिव चिरन अर्यालले अाफु वाचौ र अरुलाई पनि वचाँउं भन्ने उद्धेश्य अनुरुप कार्य गरेको वताउदै विभिन्न स्वास्थ सामाग्री उपलब्ध गराउन पुर्णत सहयोग गर्नु भयकोमा प्रदेश ५ सामजिक विकास मन्त्रालय तथा माननीय मन्त्री सुदर्सन वराललाई धन्यवाद व्यक्त गर्नु भयो । covid-19 माहामारिको यो विश्व अवस्था तथा समग्र मन्चका गतिविधिमाथि प्रकासपार्दै कोहि पनि यस्महामरिवाट हतास वन्न नहुने वरु संयमता तथा सतर्कता अझवढि अपनाउन मंचका उपाध्यक्ष तथा वरिष्ठ पत्रकार घनश्याम गौतमले सबैमा अपिल गर्नुभयो। स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा मंन्चका अध्यक्ष देव गुरुङ , उपाध्यक्ष घनश्याम गौतम, सचिव चिरन अर्याल , कोषाध्यक्ष शोभित श्रेष्ठ तथा सदस्य प्रकाश भण्डारि उपस्थित हुनुहुन्थ्यो। त्यस्तै कार्यक्रममा सत्यवति गा.पा. अध्यक्ष पारेश्वर ढकाल ले स्वास्थ सामाग्री सदरमुकाम अाउने तर पालिका लेवल सम्म नअाई सक्ने यो विकराल अवस्थामा चन्द्रकोट सम्पर्क मन्च ले पालिका सम्मनै ल्याई वितरण गरेको मा मंन्च परिवार प्रति अाभार प्रकट गर्नु भयो ।

चन्द्रकोट गा.पा. अध्यक्ष दोर्ण बहादुर खत्रीले चन्द्रकोट रुपन्देही सम्पर्क मंन्च तथा सामाजिक विकास मन्त्री मानिय सुदर्शन वराल लाई अाभार पर्कट गर्दै अागामि दिनमा पनि सहयोगको अपेक्षामा रहेको वताउनुभयो । कार्यक्रममा चन्द्रकोट गापा को तर्फवाट अध्यक्ष , उपाध्यक्ष तथा सम्पुर्ण वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरु , विभिन्न राजनैतिक दल का प्रतिनिधि हरु समाज सेवि ब्यत्ति हरु को उपस्थि रहेको थियो कार्यक्रम पुर्ण सामाजिक दुरि कायम गरि संचालन गरियको थियो ।

You may also like

This will close in 0 seconds