पछिल्लो २४ घन्टामा भीम अस्पताल भैरहवाबाट २६ जना सहित देशभर १ सय १७ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज

by समतल अनलाइन
133Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय १७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय १७ जना संक्रमित उपचारपछि निको भएर घर फर्केको बताए।

बीपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानबाट ७ जना, आइसोलेसन सेन्टर सन्तालिया बाँकेबाट १० जना, आइसोलेसन सेन्टर सहपुर बाँकेबाट ७ जना, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना, नारायणी अस्पताल वीरगन्जबाट ३ जना पुरुष, भीम अस्पताल भैरहवाबाट २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना, आइसोलेसन सेन्टरबाट मान्मा कालीकोटबाट २४, दुल्लु अस्पताल दैलेखबाट ७ जना, आइसोलेसन सेन्टरबाट १ जना र प्रादेशिक अस्पताल सुर्खेतबाट २ जान डिस्चार्ज भएका छन्।

डिस्चार्ज भएकामध्य ८ जना पुरुष र १०९ जना महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए।यो सँगै निको हुनेको संख्या १ हजार १५८ पुगेको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा पीसीआर विधिबाट भने हालसम्म १ लाख ४३ हजार ७३८ परीक्षणहरु गरिएका छन्।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिएका छन्।प्रवक्ता गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना पोजिटिभ देखिएको बताए।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। त्यसमध्य ४९९ महिला र पुरुष ६ हजार ९२ रहेको प्रवक्ता गौतमले जानकारी दिए।

Comments

You may also like