209
			
		
		
			
            
				            
			
			        
    सल्यान। १० वर्षीया बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको दार्मा गाउँपालिका ५ अँधेरी खोलाका १९ वर्षका एक युवकलाई जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ। अँधेरी खोलाको जंगलमा गोठालो गएको मौका छोपी ती युवकले बालिकालाई बलात्कार गरेको अभियोग उनीमाथि लागेकोे प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए।
खतिवडाका अनुसार घटना जेठ २२ गतेको भए पनि प्रहरीलाई ढिलो गरेर जानकारी आएपछि घटनामा संलग्न युवकलाई शनिबार मात्र पक्राउ गरिएको हो। बालिकाले घटनाबारे आफन्तलाई जानकारी गराएपछि प्रहरीमा खबर आएको उनले बताए। अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी अनुसन्धान प्रक्रिया बढाइएको प्रहरी प्रमुख खतिवडाले बताए।
			        

												
														

