उपकार युवा क्लब बम्घाद्वारा गार्डेन पार्क निर्माण

by समतल अनलाइन
Shares

गुल्मी । गुल्मीको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल रुद्रगङा नदिको तट रुरुक्षेत्र -५बगाउने मा अवस्थित राम जानकी मन्दिर परिसर सरफाई गरि फुलबारी निर्माण गरिएको छ । उपकार युवा क्लब रुरु-५गुल्मी द्धारा राम मन्दिर परिसरको विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गरी सामाजिक दुरी कायम गरी मन्दिर परिसर सरफाई तथा फुलबारी निर्माण गरेको हो ।

 

त्यस क्लबका उपाध्यक्ष बिक्रम भण्डारीको नेतृत्वमा करिब २० जनाको सहभागीतामा मन्दिर परिसर सरफाई तथा फुलबारी निर्माण गरिएको थियो ।कोभिड–१९ को जोखिम तथा संक्रमणलाई ध्यानमा राखी सरकारद्धारा जारी लकडाउनको सधुपयोग गरि सामाजिक कार्यमा युवाहरुलाइ एकीकृत गर्ने उद्देश्यले सरसफाई कार्य गरिएको त्यस क्लबका सह-सचिव बिष्णु भण्डारी जानकारी दिए ।

राम मन्दिर व्यवस्थापन समिति सचीव राम प्रसाद भण्डारीले युवाहरुले निरन्तर सामाजिक कार्यमा देखाएको अग्रसरता सराहनीय  रहेको उल्लेख गरे|

You may also like

This will close in 0 seconds