नेपालमा आजदेखि शुरु हुनुपर्ने मनसुन एक हप्ता पछि धकेलियो

Shares

काठमाडौं। सामान्यतया नेपालको पूर्वी भू–भागमा आज (जुन १०) देखि मनसुन शुरु हुने भए पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने मौसमविदले जानकारी दिएका छन् ।नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन सुरु हुने गर्छ तर ठ्याक्कै त्यही दिन नभएर केही दिन अघिपछि पनि हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

यस पटक चाहिँ एक हप्ताभित्र मनसुन अर्थात् बर्खा शुरु हुने अनुमान रहेको उनले जानकारी दिइन् । ‘ठ्याक्कै यही दिन शुरु हुन्छ भनेर त भन्न सकिन्न, तर यो हप्ताभित्र मनसुन शुरु हुने देखिएको छ,’ मौसमविद् कँडेलले भनिन् ।

मनसुन शुरु हुनाका लागि नेपालको पूर्वी भूभागमा दक्षिण–पूर्वी हावा चल्नुपर्ने हुन्छ भने धेरै खालका प्रक्रिया पूरा हुनुपर्छ । ‘धेरै प्रक्रिया पूरा भइसकेका छन्,’ मौसमविद् कँडेलले भनिन्, ‘केही लक्षण पनि देखिइसकेका छन्, तर मनसुन नै देखिन एक हप्ता लाग्ने देखिन्छ ।’

कस्तो रहला आज देशको मौसम
नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू–भागलगायत प्रदेश १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागहरुमा र प्रदेश २ का पश्चिमतिरका भू–भागहरुमा सामान्य बदली रहेको छ भने बांकी भू–भागहरुमा आंशिक बदली रहेको छ । प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू–भागमा सामान्य बदली रही थोरै स्थानहरु साथै कर्णाली प्र–देश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहि का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध छ ।

बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश नं २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, प्रदेश नं २ बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली साथै बांकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको साथै वांकी प्रदेशका १–२ स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

You may also like

This will close in 0 seconds