152
पोखरा । गण्डकी प्रदेशमा आज (मंगलबार) विहानै थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन् । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।
previous post