228
			
		
		
			
            
				            
			
			        
    कपिलवस्तु । बुद्धभुमी नगरपालिका वार्ड ३ का समाजसेवि युवाहरुले क्वारेन्टाइनमा राहत वितरण गरेका छन । बुद्धभुमि नगरपालिका वार्ड नम्बर ३ का युवाहरुले रनगाईमा रहेको क्वारेन्टाइनमा २० केजि तरकारी र ७ क्यारेट अन्डा सहयोग गरेका हुन ।
यो सहयोग वडा अध्यक्ष बिकास आचार्य र हेपो इन्चार्ज र दीपकमणि पौडेल लाई हस्तान्तरण गरेका छन।
उक्त सहयोग वितरणमा यम बहादुर थापा, रामवृक्ष चौधरी,रतन वि.क. पारस मरासिनी, लेखनाथ बेल्वासे लगायतका समाजसेवी युवाहरु द्वारा उक्त क्वारेन्टाइनमा
रहेका ३२ जनालाई सहयोग गरेका छन।
वार्ड अध्यक्षले उक्त क्वारेन्टाइन सहयोग गरेकोमा बुद्धभुमी वडा नम्बर ३ का सहयोगी युवा लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने क्वारेन्टाइन इन्चार्ज पौडेलले युवाहरू को यो सराहनीय कार्यलाई खुलेर प्रशसां गर्नु भएको छ
			        

												
														

