150
बुटवल । प्रदेश न ५ मा ७ जना नयाँ संक्रमित फेला परेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुमा ३ र गुल्मी मदाने गाउँपालिकाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
previous post