छतबाट खसेर मजदूरको मृत्यु

by समतल अनलाइन
268Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा कार्यरत एक मजदूरको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज – ५ उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊ छन् ।

यही वैशाख १९ गते निर्माणाधीन घरमा पानी राख्ने ड्रम भुइँबाट छतमाथि लैजाने क्रममा चिप्लिएर घाइते भएका नाउको चितवनमा उपचारका क्रममा आज मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

You may also like