नेकपाका २० स्थायी समिति सदस्यको पार्टी मुख्यालयमा भेला

by समतल अनलाइन
Shares

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २० स्थायी कमिटी सदस्य पार्टी मुख्यालय धुम्बाराहीमा भेला गरेका छन् । विहिबारका लागि तोकिएको स्थायी समिति बैठक स्थगित भएपछि यस अघि स्थायी समितिको बैठकको माग गर्ने २० सदस्यले भेला गरेका हुन् । यसअघि बैशाख १० मा लिखितरुपमा दुवै अध्यक्षलाई बैठक बोलाउन माग गरेका २० स्थायी समिति सदस्यले बिहीबार पार्टी मुख्यालयमा भेला भएर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।

छलफलमा उनीहरुले स्थायी समितिको बैठक बोलाउने आफुहरुको माग यथावत रहेको बताएका छन् ।उनीहरुले पार्टीको विधान, पद्धति र प्रक्रिया तथा निर्णय एवं प्रतिबद्धता विपरीतका क्रियाकलाप भएको भन्दै त्यसलाई सच्चाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

पत्र लेख्ने र भेला गर्ने २० स्थायी कमिटी सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, गणेश साह, गोकर्ण बिष्ट, लिलामणी पोखरेल, देवप्रसाद गुरुङ, चक्रपाणी खनाल, जनार्दन शर्मा, बेदुराम भुसाल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, भीमप्रसाद आचार्य, मणिचन्द्र थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, पम्फा भुसाल र हरिबोल गजुरेल रहेका छन् ।

You may also like

This will close in 0 seconds