133
बुटवल । नेपालमा आज (शुक्रबार) थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज नयाँ पुष्टि भएकामध्ये एक जना रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमित हुनेको संख्या ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘उहाँहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमारले भने ।