141
रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी मृत्यु हुने चारै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा त्रिवेणी गापा ७ का १४ वर्षीय लाेकीराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री र साेही गापा ४ का १३ वर्षीय गाैरव नेपाली रहेकाे प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।
बमको ठूलो आवाज आएपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए। तर गाउँलेहरू हेर्न जाँदा नै विस्फोटनमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गइसकेको त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए।
घटनास्थलमा राइफलको गोली जस्तै देखिने बम पनि रहेकाले निष्क्रिय पार्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडाध्यक्ष बुढाको भनाइ छ।
previous post