- प्रिया अधिकारी
लकडाउनको समयमा विहान बेलुका काम गरि छाक टार्ने विपन्न परिवारलाइ भोकै बस्न नपरोस् भनी रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका मनकारी व्यक्तित्व तथा स्थानीय व्यक्तित्वको सहयोगमा पीडित परिवारलाई केहि राहत मिल्ने हिसाबले कञ्चन १ भेलभरियामा स्थापित संस्था योजना वचत ॠण सहकारीले अति विपन्न वर्गका ८५ घर परिवारलाई राहत अन्तर्गत २० केजि चामल,५केजि गहुँको पिठो ,२ केजि दाल १/१नुन र खानेतेल २प्याकेट सोयावडी साथै हात धुने सावन वितरण गरेको छ। यस कार्यक्रमका लागि योजना वचत तथा ऋण सहकारी संस्थालाई सहयोग गरेकोमा सम्पुर्ण सहयोगी मन प्रती आभार प्रकट गरेको छ। कञ्चन गाउँपालिका वडा १ मा घर भइ दक्षिण कोरियामा रोजगारीका लागि गएका सहयोगी व्यक्तिहरु विकाश पौडेल , राम प्रसाद उपाध्याय, दिपक पौडेल ,दिपेन्द्र पौडेल ,कृष्ण पौडेल ,फटिक पौडेल ,श्याम पौडेल ,सोमनाथ पौडेल, सरोज सुवेदी ,कमल ज्ञवाली ,निश्चल जिएम वडा २ का अमृत अधिकारी ,सैनामैना नगरपालिका ३ का छवी थापा, सौ फर्साटिकरका कमल खत्री र स्थानीय संस्था योजना वचत संस्थालाई स्थानीय व्यक्ति वैज नाथ भुजले सहयोग गरेका थिए।
