बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण ,संक्रमित नेपालीकाे संख्या ४९ पुग्याे

by समतल अनलाइन
Shares

काठमाडौं। बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइन स्थित नेपाली राजदूतावासले आज प्रेस विज्ञप्ती जारी थप २७ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको बताएको छ।

दूतावासका अनुसार गत साता नै २२ जना नेपालीमा कोरोना भाइरस पुष्टि भएकोमा शुक्रबार २७ जना थपिएपछि बहराइनमा कोरोनाबाट संक्रमित नेपालीकाे संख्या ४९ पुगेकाे छ । त्यहाँ संक्रमित व्यक्तिहरुको संख्या ९ सय ९० जना रहेकोमा ३ जनाको अवस्था गम्भीर छ भने ७ सय तीन जना निको भइसकेका छन् । संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेकाे छ ।

You may also like

This will close in 0 seconds