फोन गरेर घर बाहिर बोलाई १४ वर्षीया किशोरीमाथि करणी

by समतल अनलाइन
420Shares

सप्तरी। सप्तरीकी एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका–२ कमलपुर बस्ने १९ वर्षीय रामजिवन यादव पक्राउ परेका छन् ।

यादवले ती किशोरीलाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । उनले किशोरीमाथि बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

You may also like