सियारीमा राहत वितरण

Shares

सियारी ।रुपन्देहीको सियारी–६ वर्दहवामा रहेको नव धुव्रतारा युवा क्लबले विपन्न परिवारलाई राहत वितरण गर्ने उद्देश्यले सियारी गाउँपालिकाको विपत ब्यवास्थपन राहतकोषमा ३० हजार बराबरको खाद्यान्न समाग्री हस्तान्तरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा फैलिन नदिनका लागि सरकारले देश भर लकडाउन गरेको छ । यस समय दैनिक ज्यालादारि गरिखाने परिवार तथा अति विपन्न परिवारलाई राहत वितरण गर्ने उद्देश्यले चामल चर सय २८ किलो, नुन ८६ किलो, स्वायवित ११०प्याकेट, खाने तेल ३० लिटर, मटर २० किलो र हात धुने सावुन १०३ पिस वडा कार्यलाय मार्फत गाउँपालिका लाई हस्तन्त्रण गरिएको क्लबका अध्यक्ष यामेन्द्र गुरुङ्गले बताउनु भयो ।

यस कार्य प्रति सियारी वडा नं. ६ का वडाअध्यक्ष शेर बहादुर गुरुङ्गले क्लब परिवारलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

You may also like