फेरि अर्का भूपू गोरखाको कोरोनाबाट निधन, बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपाली सात पुगे

by समतल अनलाइन
Shares

काठमाडौं। कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।

स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोरा बुहारीसगँ बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने मल्ल सातौं नेपाली हुन् । यो हप्ता मात्रै पाँच नेपालीको ज्यान गएको छ ।

यसअघि बेलायतमा भूपू गोरखा सैनिक लीलाबहादुर राई, चेतप्रसाद गुरुङ, मेखबहादुर गुरुङ, शिव श्रेष्ठ तथा प्रशान्त अर्याल र पारिवारिक भेटघाट तथा नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर क्षेत्रीको निधन भएको छ ।

बेलायतमा कोरोना संक्रमणबाट शनिबार एकै दिन ९ सय १७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बेलायतलमा हालसम्म ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ७८ हजार भन्दा बढी यो रोगबाट संक्रमित भएका छन् ।

You may also like

This will close in 0 seconds