222
			
		
		
			
            
				            
			
			        
    गोविन्द वस्नेत
बुटवल।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन र यस्तो संवेदनसिल अवस्थामा सवैभन्दा वढी खटिएका नेपाल प्रहरीलाई गोर्खाली युवा सशक्तिकरण सस्थाद्घारा बुटवलको प्रहरी विटहरुमा ३५ वोतल निशुल्क सेनेटाईजर वितरण गरुेको छ ।

गोर्खाली युवा सशक्तिकरणका अध्यक्ष भरत पुरीले कोरोना भाइरसको त्रासभन्दा पनि सावधानीतर्फ ध्यान दिन आग्रह गर्नुभयो । अध्यक्ष पुरीले सरकारले सवैभन्दा वढी खटिएका नेपाल प्रहरी जवानको भत्ता वढाउनुको सट्टा प्रहरीहरुको भत्ता कटौति गरी राहत कोषमा हाल्ने निर्णय गलत भएको जताउनु भयो ।

यस अघिपनि प्रतेक हप्ता गोर्खाली युवा सशक्तिकरणले निशुल्क खाना वितरण लगायतका सामाजिक कामहरु गर्दै आएको छ ।
 
			        

 
												 
														

