144
काठमाडौं। प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट अमेरिकामा थप एक नेपालीको ज्यान गएको छ । सोलुखुम्बुको सोताङकाे दिम्बल घर भई १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले जनाएको छ ।